सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ओखलढुंगाको रुम्जाटारबाट छायांकन सुरु भएको छ।
सरोज पौडेलको निर्देशनमा बनिरहेको यस फिल्ममा विजय बराल, मुकुन भुषाल, अञ्जना बराइली, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल लगायत कलाकारहरुको अभिनय रहेको छ।
महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारंगी वादन हुनेछ । विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मका लगानीकर्ता हुन् ।
कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ छन् । २०८२ सालभित्र प्रदर्शन गर्ने तयारी रहेको निर्माण पक्षले जानकारी दिएका छन्।