प्राइम भिडियोको चर्चित सिरिज ‘मिर्जापुर ३’ को रिलिज मितिको प्रतीक्षा सकिएको छ । यो सिजन जुलाई ५ मा आउने भएको छ। रिलिज मितिसँगै टिजर पनि सार्वजनिक गरीएको छ।
टिजर हेरेपछि उठेको प्रश्न के यस पटक महिलाले कमान्ड सम्हाल्नेछिन् ? मिर्जापुर सिरिज एक्सेल मिडिया एण्ड इन्टरटेनमेन्टले निर्माण गरेको हो । क्राइम थ्रिलर सिरिजलाई गुरमीत सिंह र आनन्द अय्यरले निर्देशन गरेका हुन् ।
पंकज त्रिपाठी, अलि फेजल, श्वेता त्रिपाठी, राशिका दुग्गल, ईशा तलवार, विजय वर्मा, शाजी चौधरी लगायत कलाकारहरुको अभिनय रहेको छ।