माओत्से गुरुङले नयाँ फिल्म “पेन्सनपट्टा” बनाउँदै ।

दयारानी’ निर्देशन गरेका माओत्से गुरुङले आफ्नै कम्पनी माओत्से गुरुङ फिल्म्सको व्यानरमा नयाँ चलचित्र ‘पेनसनपट्टा’ निर्देशन गर्ने भएका छन्।

गत वर्षको माघमा प्रदर्शनमा आएको फिल्म ‘दयारानी’ले सफल निर्देशकको रुपमा उभ्याएपछि उनले दोस्रो फिल्मको तयारीमा जुटेको बताए। 

मङ्सिर पहिलो सातादेखि पोखरा आसपासमा छायाङ्कन गरिने भए पनि कलाकार को रहने भन्ने बारे तय नभएको बताइएको छ। यो फिल्म एउटा लोभी केटा कसरी दानी बन्छ भन्ने कथामा बन्ने निर्देशकले बताएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *