भारतमा नेपाली फिल्मको प्रदर्शन र जाँचपास सहजीकरणबारे छलफल गर्न दुवै देशका फिल्म उद्योगका अधिकारी मुम्बईमा भेला भएका छन् । बुधबार सुरु भएको बैठक १ असारसम्म चल्नेछ ।
बैठकमा नेपालबाट चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र सेन्सर बोर्ड अध्यक्ष गजेन्द्रकुमार ठाकुर सहभागी भएका छन् । भारतीय टोलीको नेतृत्व त्यहाँको केन्द्रीय चलचित्र प्रमाणीकरण बोर्डका अध्यक्ष प्रसुन जोशीले गरिरहेका छन् ।
दुई मुलुकका फिल्मका कार्यकारी निकायले प्रदर्शन, सहलगानी र सेन्सरको सहजीकरणमार्फत विद्यमान समस्या समाधान गर्न सकिने आशा दुवै मुलुकका फिल्म अधिकारीले लिएका छन् ।