महिलामाथि हुने यौनहिंसा विरुद्धको कथावस्तुमा बनेको फिल्म ‘देवी’ आगामी तीजमा रिलिज हुने भएको छ । निर्माताले बिहीबार पोस्टर सार्वजनिक गर्दै २१ भदौलाई प्रदर्शन मिति तय गरेका हुन् ।
सञ्जोग राई निर्देशित फिल्ममा शिल्पाले पत्रकारको भूमिका निर्वाह गरेकी छन् । क्राइम थ्रिलर जनरामा बनेको फिल्म रिलिजमा रामबाबु गुरुङको बाँसुरी फिल्म्सले सघाउने भएको छ ।
फिल्ममा शिल्पाले पत्रकारको भूमिका गर्दा गौरव पहारीले अपराध अनुसन्धान गर्ने प्रहरी र नाजिर हुसेनले एक संस्था सञ्चालकको रोल गरेका छन् । यो फिल्ममा अभिनेता टीका पहारी पनि छन् ।