सहकारीमा वचत गरिएको रकम फिर्ता माग्दै दुई वरिष्ठ अभिनेत्री वसन्धुरा भुषाल र चैत्यदेवी विहिबार माइतीघरमा धर्नामा बसेका हुन् । माइतीघर मण्डलामा १४ महिनादेखि चल्दै आएको सहकारी पीडितको तेस्रो चरणको धर्नामा यी दुई अभिनेत्रीले पनि भाग लिएका हुन् ।
आफूसहित चैत्यदेवी र अभिनेत्री भुवन चन्द तथा उनीहरुका परिवारका १४ जनाको २ करोड ६० लाख रुपैयाँ सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङले अपचलन गरेको अभिनेत्री भुसालले बताइन् ।
सिभिल सहकारीले सामाजिक सेवाका लागि खोलिएको भुवन–चैत्य–बसुन्धरा फाउन्डेसनको १४ लाख रुपैयाँ पैसा फिर्ता नपाएको उनले बताइन् । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा ४ जनाको करिब ७० लाख रुपैयाँ बचत फिर्ता नपाएको पनि जानकारी दिएका छन्।