कलेजमा अभिनेत्री सन्नी लियोनीलाई नृत्य प्रस्तुत गर्नअस्वीकार गरेको छ ।

भारतको केरला विश्वविद्यालयले राजधानी तिरुवनन्तपुरमको युनिभर्सिटी कलेज अफ इन्जिनियरिङमा बलिउड अभिनेत्री सन्नी लियोनीलाई नृत्य प्रस्तुत गर्न अनुमति दिन अस्वीकार गरेको छ ।

विश्वविद्यालयका उपकुलपति डा. मोहनन कुन्नम्मलले संघलाई क्याम्पस भित्र वा बाहिर यस्ता कार्यक्रम आयोजना गर्न नदिन निर्देशन समेत दिए । स्रोतहरूले एनडीटीभीलाई बताएअनुसार कलेज युनियन पनि कार्यक्रम आयोजनाका लागि अधिकारीबाट स्वीकृति लिन असफल भएको थियो ।

कोचिनको एक विश्वविद्यालयमा भएको भागदौडको घटनामा चार जना विद्यार्थीले ज्यान गुमाएपछि राज्य सरकारले कलेज क्याम्पसमा बाहिरी डीजे पार्टी, म्युजिकल नाइट लगायत कार्यक्रममा प्रतिबन्ध लगाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *