आज शुक्रबार बाट देशभरिका हलहरुमा नयाँ नेपाली फिल्म “बाटो” प्रदर्शनमा भैरहेको छ। सामान्य प्रचारप्रसारका साथ रिलिज हुन लागेको फिल्मको चर्चा पनि ठिकै मात्र देखिएको छ। फिल्मले टिजर र ट्रेलर बाट राम्रो प्रशंसा पाएको थियो ।
फिल्मका लेखक तथा निर्देशक मदन थापाले नयाँ जनरामा स्तरीय फिल्म बनाउने प्रयास गरेका छन् । थ्रिलर जनराको ‘बाटो– रोड टु डेथ’ एक दिनको यात्राको कथा रहेको जनाइएको छ।
फिल्ममा मिथिला शर्मा, आशान्त शर्मा, पशुपति राई, उत्पल झा, रक्षा थापा, सुलक्षण भारती लगायतले अभिनय गरेका छन्।