प्रधानमंत्री मोदीको सपथ ग्रहणमा बलिउड सतारहरू।

नरेन्द्र मोदीले गएको आइतबार साँझ लगातार तेस्रो पटक भारतीय प्रधानमन्त्रीको रुपमा शपथ लिएका छन् । कार्यक्रममा भारतीय फिल्म क्षेत्रका चर्चित व्यक्ति समेत सामेल थिए । 

शाहरुख खान, अक्षय कुमार, विक्रान्त मासे, पवन कल्याण,राजकुमार हिरानी, रवि किसन, कंगना रनावत लगायत धेरै स्टार पुगेका थिए ।

शपथ ग्रहण समारोहमा साउथ सुपरस्टार रजनीकान्त पनि सहभागी थिए । बलिउड अभिनेता अजय देवगणले शपथ समारोहअघि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीलाई विजयी भएकोमा बधाई दिएका छन् । 

शपथ ग्रहण समारोहमा अभिनेता अनिल कपुरले भने, ‘देशले प्रगति गरिराखोस् र गरिरहनुहोस् ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *