दीपक मनाङेको फिल्म ‘कंगारु’मा अभिनेता जितु नेपाल लिखित सम्झौता गर्दै अनुबन्धित भएका छन् ।
फिल्ममा यसअघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भइसकेका छन् ।
राजिव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुने फिल्मको मुख्य भूमिकामा जितुको प्रवेशसँगै कलाकारको लाइन अप राम्रो भएको देखिन्छ ।
यो फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सन प्रालीको सहकार्यमा निर्माण हुन लागेको हो । प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्याक्स’ फिल्मको निर्माता हुन्।
सम्राट बस्नेतको निर्देशन रहेको यस फिल्मका सह-निर्मातामा अन्जन दुरा र लक्ष्मी राई छन् भने कार्यकारी निर्माता टीका भण्डारी हुन् । फिल्मलाई सुशन प्रजापतिले खिच्ने भएका छन्।