शनिबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले चितवनको सौराह, मेघौली, गोलाघाट, भक्तपुरको नगरकोट, दोलखाको शैलुङ क्षेत्रलाई खुला चलचित्र छायांकन क्षेत्रको रुपमा विकास गरिने घोषणा गरेका हुन ।
बागमती प्रदेश सरकारले सो आर्थिक वर्षको लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । बागमती प्रदेशभित्र रहेका कला, संस्कृति, भाषा, जातजाति, धर्म, बाजागाजा आदिका बारेमा अध्ययन र अनुसन्धान गर्न चाहने अध्येतालाई प्रोत्साहन गर्न आवश्यक बजेट व्यवस्था गरिएको हो।