निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राईले नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागिता जनाउने भएका छन् ।फेस्टिभलमा उनीहरुले सहकार्य गरेको फिल्म ‘गाउँ आएको बाटो’को ओपनिङ स्क्रिनिङ हुँदैछ ।

जुन २० देखि सुरु हुने फेस्टिभलको ओपनिङ फिल्मको रुपमा यो सोसल ड्रामा फिल्म तय छ । अमेरिकाब्यापी रिलिजको पूर्वसन्ध्यामा हुने रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागि हुन लागेका हुन् ।