वैशाखको १४ गतेबाट रिलिजमा आएको फिल्म ‘बोक्सीको घर’ ले काठमाडौं स्थित रञ्जना सिनेप्लेक्समा ५१ दिन मनाएको छ । ५१ दिनको सेलिब्रेशन गर्दै गर्दा नायिका केकी अधिकारी भने अष्ट्रेलियामा छिन् ।
अष्ट्रेलियाको एक हलमा यो फिल्मको विशेष शो आयोजना गरिएको थियो । सोही शोको समयमा केकीले दर्शकहरुसँग बसेर केक काटेकी हुन् ।
सुलक्षण भारतीको निर्देशनमा बनेको यस फिल्मले बक्स अफिसमा १० करोड माथिको व्यापार गरेको निर्माताको दाबी छ । फिल्ममा केकी अधिकारीको साथमा रमा थपलिया, सुलक्षण भारती, सुपला सापकोटा लगायतका कलाकारको अभिनय छ ।