EFA Admission Open

निर्देशक सुदर्शन थापा सहित ३ जना विरुद्ध ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

फिल्म निर्देशक सुदर्शन थापाले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

प्रहरी वृत्त बौद्धले उनीविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो ।

२१ जेठमा प्रहरी वृत्त मालीगाउँले थापालाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धको जिम्मा लगाएको थियो । त्यसपछि उनलाई २३ जेठमा हाजिर जमानीमा छाडेर प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको थियो । यो मुद्दामा थापासहित ओमप्रकाश अग्रवाल र मिलन कुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ ।

उनीहरु तीन जनाविरुद्ध ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *