चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’का संयोजक ज्योतिराज राईले चलचित्र बनाउन अघि अध्ययन र अनुसन्धान हुन आवश्यक रहेको बताएका छन् ।
शनिबार बुटवलमा मातृभाषी चलचित्र प्रवर्धन समिति आदिवासी र जनजाती चलचित्र महासंघको आयोजना र मगर चलचित्रकर्मी संघ रुपन्देहीको सह-आयोजनामा आयोजित मातृभाषी चलचित्रको निर्माण प्रवर्धन बजारीकरण विषयक छलफल गरिएको थियो।