क्रिसमसमा अक्षय कुमार र आमिर खानको फिल्म जुध्ने लगभग तय भएको थियो । तर अब त्यो मितिमा अक्षय कुमार स्टारर ‘वेल्कम ३’ नआउने भएको छ । फिल्मको काम पूरा नभइसकेकाले रिलिजमा ढिला हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
वेलकम’ फ्रेन्चाइजीको तेस्रो शृंखला रुपमा ‘वेलकम टु द जंगल’ निर्माण भइरहेको हो । अहमद खानको निर्देशन रहेको यो फिल्ममा अक्षय कुमार, अर्शद वार्सी, संजय दत्त, सुनिल सेठ्ठी, परेस रावल, लारा दत्त, दिशा पटानी, रवीना टण्डन, ज्याकलिन फर्नान्डेज लगायत कलाकारहरुको अभिनय रहेको छ।
वेलकम ३ को यो समाचार सही भयो भने आमिर खानको ‘सितारा जमिन पर’ एकल रिलिज हुनेछ। ‘लाल सिंह चड्ढा’ असफल भएपछि आमिरले क्रिसमसमा यसै फिल्मबाट कमब्याक गर्दैछन् ।