निर्देशक शंकर घिमिरेले निर्देशन गरिरहेको नयाँ फिल्म ‘तेल भिसा’को छायांकन केही प्रतिशत मात्र बाँकी छ ।
फिल्मको अमेरिकाको छायांकन सकेर अभिनेता विपिन कार्की नेपाल फर्किसकेका छन् ।
यस फिल्ममा विपिन कार्कीको जोडीको रुपमा अभिनेत्री वर्षा राउत छिन् । तेल भिसा’बाट नेपाली फिल्म क्षेत्रमा कुनै समयका चर्चित केही अनुहारहरूले कमब्याक गर्दैछन् ।
तेल भिसा’मा अभिनेत्री ऋचा घिमिरे र पूजा चन्दले पनि कमब्याक गर्ने भएका छन् । यसै फिल्मबाट अभिनेता सुशील क्षेत्रीले पनि ठूलो पर्दामा कमब्याक गर्दैछन् ।
फिल्मको बाँकी छायांकन चितवनमा सेट लगाएर गर्ने तयारी गरिएको निर्माण पक्षले जानकारी दिएका छन् ।