फिल्म ‘ब्ल्याक छाया’को ‘बुट्टे रुमाल’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा डिपि खनालका शब्द, राजेन्द्र बजगाईँको सङ्गीत तथा भुवन प्यासी र मेलिना राईको स्वर रहेको छ।
यस फिल्ममा नीर शाह, सुनिल थापा, धीरेन शाक्य, सलोन बस्नेत, सुष्मा कार्की, जाह्नवी बस्नेत, बुद्धि तामाङ, रुविना कार्की, शोभित बस्नेत, रवीन्द्र झा, निमा दार्जे मोक्तान, आरएल लामा मोक्तान लगायतको अभिनय रहेको छ। आरएल लामा मोक्ताले यस फिल्मलाई निर्देशन गरेका छन् ।