“मायाँका रंगहरुमा” पल शाह र मनिष राउत बीच भिडन्त हुने ।

चलचित्र “मायाँका रंगहरुमा” नायक पल शाह र प्रेम गीत ३ का खलनायक मनिष राउत बीच भिडन्त हुने भएको छ। निर्माण पक्षले राउतको भूमिका खलनायकको हो या सकारात्मक भन्ने कुरा खुलाएको छैन। केवल तामाङको निर्देशन रहने यस चलचित्रमा यसअघि अभिनेता पल शाह, सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित भइसकेका छन्। निर्देशक तामाङले फिल्मका लागी प्रमुख नायिकाको खोजी भइरहेको बताएका छन्।

प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा गरिनेछ। पुनम तामाङ प्रस्तुतकर्ता रहने यस फिल्मका निर्माता आरबी थाङदेन हुन्। फिल्ममा भद्र भुजेल र रामा महराको सहायक निर्देशन, सौरभ लामाको छायांकनमा, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, रामजी लामिछाने, सुष्मा सोनम, र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ।

फिल्मका सह–निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन्। फिल्मको प्रोडक्सन तथा लाइन प्रोड्युसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *