असार २८ देखि प्रदर्शनमा आउने फिल्म ‘घरज्वाइँ’को गीत ‘बिन्जुरी’ सार्वजनिक भएको छ। गीतमा एसडी योगीको स्वर तथा सङ्गीत र राम अविरल बिस्टको शब्द रहेको छ। भिडियोमा दया र मिरुनालाई देख्न सकिन्छ।
अनिल बुढामगरले निर्देशन गरेको यस फिल्ममा दयाहाङ र मिरुनाका सँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, लगायत कलाकारहरुको अभिनय रहेको छ।
जनक घर्ती मगरको निर्माण रहेको फिल्ममा सुजन प्रजापतिको छायांकन, कृष्ण भण्डारीको सम्पादन रहेको छ।