नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारलाई ।

रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अरु फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता भएका हुन्।

उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् । 

दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने र नगद ५ लाख रुपैयाँ प्राप्त गरे सँगै दार्जिलिङकै मोहित भुजेल थर्ड रनरअप भए र स्कुटर पुरस्कार प्राप्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *