बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले प्रेमी जहीर इकबालसँग आइतबार मुम्बईमा विवाह गरेकी छन् । उनीहरु सात वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
विवाहपछि आइतबार राति सोनाक्षी र इकबालले रिसेप्सन पार्टी आयोजना गरे । मुम्बईस्थित शिल्पा शेट्टीको रेस्टुरेन्टमा आयोजित रिसेप्सनमा सलमान खान, रेखा, अदिती राव हैदरी, काजोल, विद्या बालन, यो यो हनी सिंह लगायत थुप्रै बलिउड सेलिब्रेटी उपस्थित थिए ।
उनीहरुले हिन्दू र मुस्लिम दुवै परम्पराअनुसार विवाह नगरी विशेष विवाह ऐनअन्तर्गत विवाह दर्ता गरे । जहीर इकबाल व्यवसायी तथा अभिनेता हुन् ।