EFA Admission Open

‘बलिदान’का लागि दक्षिण भारतका प्रख्यात द्वोन्द निर्देशक, छायांकार र प्राविधिक टिम नेपालमा ।

सन्तोष सेनको ‘बलिदान’का लागि दक्षिण भारतका सयौँ करोडका प्रख्यात चलचित्रहरू बनाइसकेका चर्चित द्वन्द्व निर्देशक, छायांकार तथा अन्य प्राविधिकको टोली निर्माण पक्षले महँगो पारिश्रमिकमा नेपाल भित्र्याएको छ। 

द्वन्द्व निर्देशक स्टन्डर साम र छायांकार शरण ऋषि सहित करिब ५० जनाको प्राविधिक टिमले ‘बलिदान’मा काम गर्नेछन् । द्वन्द्व निर्देशक सामले राणा दगुबत्तीको चर्चित चलचित्र ‘हात्ती मेरे साथी’, चियान विक्रमको चलचित्र ‘थङ्गलम’ लगायतमा काम गरिसकेका छन् । छायाकार ऋषि गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘बाटो: रोड टु डेथ’का छायाकार हुन् ।

बलिदानको शूटिंगको लागि इटहरीमा रहेको बिएमसी छायाङ्कन स्टुडियोमा ठूलो सेट तयार भइरहेको छ । साथै, विराटनगर क्षेत्रमा पनि सेट निर्माणको काम लगभग अन्तिम चरणमा रहेको सह निर्माता प्रेम पुरीले बताए । यसको करिब ६० प्रतिशत स्टुडियोमा नै शुटिङ हुँदैछ ।

यस फिल्ममा प्रमुख भूमिकामा नेपाली चलचित्रका एक्सन अभिनेता बिराज भट्टका छोरा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मा  लगायत कलाकारहरुको अभिनय रहेने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *