‘जेरीः अन टप’ को अनमोल केसीको पहिलो लुक्स सार्वजनिक ।

 ‘जेरीः अन टप’ को निर्माणपक्षले अनमोल केसीको पहिलो लुक्स सार्वजनिक  गरेको छ । केही दिन अगाडि फोटोसुट गरेको निर्माणपक्षले सोमबार अनमोलको लुक्स रिलिज गरेको हो ।

सरोज न्यौपाने र दीपक भण्डारीको निर्माणमा तयार हुन लागेको यो फिल्ममा अनमोल केसीको संगै आँचल शर्मा र जसिता गुरुङ मुख्य भूमिकामा छन् । फिल्मलाई त्रिकोणात्मक कथामा बनाउन लागिएको हो।

फिल्मलाई लुक्ला, मुस्ताङ, काठमाडौं लगायतका स्थानमा छायांकन गरिनेछ । फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *