‘आँखा’ को प्रदर्शन मिति पोस्टपोन्ड भएको छ।

असारको १४ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘आँखा’ टिमले प्राविधिक कारण देखाउँदै असार १४ गतेबाट फिल्मलाई पोस्टपोन्ड गरेको जानकारी दिएका छन्। फिल्मको नयाँ प्रदर्शन मिति छिट्टै तय गरिने निर्माण पक्षले जानकारी दिएका छन् । 

लामा सिनेमा प्रालिको ब्यानरमा बनेको यस फिल्मले सामाजिको कथा भनेको छ। निर्देशक योञ्जनकै कथा तथा पटकथा रहेको यो फिल्ममा वुद्दि तामाङ, विजय बराल,निशा अधिकारी, सरोज खनाल, पशुपति राई, स्मिता लामिछाने , आरके मेहता, कृष्णभक्त महर्जन, राजन खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल लगायत कलाकारहरुको अभिनय रहेको छ ।

आलोक शुक्लाको छायांकन रहेको फिल्ममा दीपक कृष्ण भण्डारीको सम्पादन, आरजेको संगीत, रेवन्तविक्रम थापाको एक्सन रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *