सुरजसिंह ठकुरीले अभिनयमा फर्किदै।

टेलिभिजन पर्सनालिटी  सुरजसिंह ठकुरीले अभिनयमा फर्किने पक्का भएको छ । आफूले ५ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेको जानकारी उनले दिएका छन् ।

प्रदीप शाहीले निर्देशन गर्न लागेको फिल्म ‘एक्लो’मा उनी ‘काल’ नामक भूमिकामा देखिँदैछन् । सामाजिक संजाल इन्स्टाग्राममार्फत उनले आफू फिल्ममा अनुबन्धित भएको जनाएका छन् । 

सन् २०१३ मा ‘कर्कस’बाट डेब्यु गरेका ठकुरीले ‘नाइँ नभन्नू ल’को दोस्रो र तेस्रो श्रृंखला, ‘जंगे’ फिल्ममा अभिनय गरेका छन् । 

भदौदेखि छायांकन सुरु हुने यस फिल्ममा सुनिल थापा, विजय लामा, प्रदीप खड्का, बेनिशा हमाल, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती, बेलायती अभिनेता जेमी बेकन लगायतको पनि अभिनय रहनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *