
हिन्दी चलचत्र “सैतान”ले बक्स अफिसमा राम्रो ओपनिङ गरेको छ । यो फिल्मले दुई दिनमा भारतीय बक्स अफिसमा ३४.३९ करोडको व्यापार गरेको छ । फिल्मले पहिलो दिन शुक्रबार १५.२१ करोड र दोस्रो दिन शनिबार १९.१८ करोडको व्यापार गरेको छ।
अजय देवगण आफै निर्माता भएको“सैतान”मा अजय देवगण, आर माधवन,जानकी बोडिवाला, ज्योतिका लगायतका कलाकारको अभिनय छ ।