आइफोन बाट खिचिएको नेपाली फिल्म विश्वप्रसिद्ध ओटिटी प्ल्याटफर्ममा रिलिज हुने।

नेपालमा पहिलो पटक आइफोन १४ प्रो म्याक्सले खिचिएको नेपाली फिल्म“अ प्लेस अन्डर द सन” विश्वप्रसिद्ध ओटिटी प्ल्याटफर्म प्राइम भिडियो, एपल र पिकाक स्ट्रिमिंगमा रीलज हुने यस फिल्मका कलाकार प्रजन् पौडेलले बताएका छन्। फिल्मका निर्देशक “जेसन लोप्चन”का अनुसार  फ्लिम क्राइम जनरामा बनेको छ। एक स्क्वाड द्वारा निर्माण गरिएको फ्लिम जुलाई मा रिलिज हुनेछ।

फिल्मले बाल्यकालका तीन युवक साथीहरु बीचको कथालाई चित्रण गरेको छ। फिल्ममा मिन घलान,मिरा गुरुङ, अंशु शर्मा, विप्लप गौली, प्रजन पौडेल, रिदेन श्रेष्ठ र प्रवेश महतरा लगायत कलाकारहरुको अभिनय रहेको छ। निर्देशक जेसन लोप्चन आफैले सम्पादन गरेको फिल्मको छायांकन प्रविन लिम्बूले गरेका हुन्।

सेयर गर्नुहोस्