प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कार्साङ’ को गीत ‘सात भन्ज्यांग’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा दयाहांग राई र सिर्जना निङ्लेकुलाई देख्न सकिन्छ । डिपी खनालले लेखेको गीतमा एसडी योगी र रेश्मा पुन मगरको स्वर रहेको छ ।
‘पुरुषोत्तम प्रधान’ को छायांकन र निर्माण रहेको यो फिल्म दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी, माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुङ्गाना, सृष्टि ढुङ्गाना लगायत कलाकारहरुको अभिनय रहेको छ।
‘यम शेर्पा’ को डेब्यु निर्देशन रहेको यो फिल्ममा गोविन्द बोहरा सह-निर्माता रहेका छन् भने आङछिरिङ शेर्पा कार्यकारी निर्माता र वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् ।