तुलसी घिमिरेको नयाँ फिल्म ‘पहाड’ बाट अभिनयमा डेब्यु गर्दै उनकी कान्छी छोरी ।

तुलसी घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको नयाँ  फिल्म ‘पहाड’ बाट उनकि छोरी पञ्चमीले अभिनयमा डेब्यु गर्ने पक्का भएको छ । निर्माण पक्षका अनुसार पञ्चमीले फिल्ममा अभिनेता अरुण क्षेत्रीसँग जोडी बाध्ने भएकी छन् ।

फिल्मले युवा जनशक्ति विदेश पलायन हुँदा पहाड रित्तिने र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तुलाइ  पेस गर्ने छ।  फिल्मलाई ब्यांकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

माघ ६ गते बाट गोर्खामा छायांकन सुरु हुने यो फिल्ममा सुनिल थापा, बिपिन कार्की, मदनकृष्ण श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहने छ। 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *