एभरेष्ट फिल्म एकेडेमीमा छात्रवृत्ति सहित नयाँ भर्ना खुल्यो।

एभरेष्ट फिल्म एकेडेमीले आफ्नो ८ औं वार्षिक उत्सवको अवसरमा १२ औं ब्याचका लागि नयाँ भर्ना खुला गरेको छ। यस अवसरमा एकेडेमीले भर्ना हुने पहिलो २० जना पुरुष र १० जना महिला विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ। 

फिल्म अध्ययनमा रुचि राख्ने नयाँ प्रतिभाहरूलाई आकर्षित गर्न र उनीहरूको क्षमता विकास गर्न यस एकेडेमीले यो अवसर प्रदान गरेको बरिस्ट कलाकार तथा यस एकेडेमिका अधक्ष सुनिल थापाले बताए। 

फिल्म निर्माणका विभिन्न विधामा ८ बर्षदेखि डिप्लोमा कोर्स अध्ययन गराउँदै आएको यस एकेडेमीले नेपाली फिल्म क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ। यस एकेडेमीले अभिनय, निर्देशन, छायांकन, सम्पादन, र साउण्ड डिजाइनजस्ता कोर्सहरु प्रदान गर्दै आएको छ। एकेडेमीको नयाँ पुस्ताका फिल्म मेकर्सलाई दक्ष र प्रतिभाशाली बनाउने उद्देश्य रहेको छ। 

एकेडेमीले एक बर्षको डिप्लोमा कोर्स अन्तर्गत विभिन्न विधाका विज्ञ प्रशिक्षकहरूबाट विद्यार्थीलाई सैद्धान्तिक मात्र नभई प्रयोगात्मक सैलिमा अध्यन गराउदै आएको छ । कोर्सहरूमा विद्यार्थीहरूले फिल्म निर्माणको सबै पक्षमा गहिरो अध्ययन गर्ने अवसर पाउँछन  जसले गर्दा उनीहरूलाई व्यावसायिक फिल्म मेकिङ्गमा सक्षम बनाउँछ।

विगतका बर्षहरुमा यस एकेडेमीबाट उत्तीर्ण भएका विद्यार्थीहरूले नेपाली फिल्म उद्योगमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेका छन्, जसले एकेडेमीको शिक्षा प्रणालीलाइ थप गुणस्तर बनाएको छ।

यस एकेडेमीले नेपाली फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धी बनाउन सहयोग पुर्याएको र निरन्तर नयाँ प्रविधि र सृजनात्मकताको प्रयोगलाई जोड दिँदै आएको छ।  

इच्छुक विद्यार्थीहरूले भर्ना प्रक्रियामा सहभागी हुन एकेडेमीको सम्पर्क कार्यालय वा वेबसाइटमार्फत जानकारी लिन सक्ने छन्। 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *