काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लाज शरणम्’ को ‘नेपाल हासेको ’ बोलको गीतमा आफ्नो स्वर दिएका छन् ।
गम्भीर विष्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिश निरौला, बबिन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ।
कुमार कट्टेलको निर्देशिन रहेको यो फिल्ममा सीताराम कट्टेल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायत कलाकारहरुको अभिनय रहेको छ।
यो फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सृजना खड्का सह निर्माताको रूपमा छन् । फागुन १४ गते शिवरात्रिको दिनदेखि प्रदर्शन हुने फिल्मलाई टिभी सिरिज ‘सक्किगो नि’ को निर्माण कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको हो ।