अरुण क्षेत्री अभिनित फिल्म ‘हन्टर’ को नयाँ पोष्टर सार्वजनिक।

केही समय अगाडी निर्माण घोषणा भएको फिल्म ‘हन्टर’ अझै फिल्मको छायांकन सुरु हुन सकेको छैन । फिल्मको निर्माणपक्षले अभिनेता ‘अरुण क्षेत्री’ को जन्मदिनको अवसरमा क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ ।

फिल्ममा अरुण एक्सन भूमिकामा देखिन लागेको देख्न सकिन्छ। क्याच कुक इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने यो फिल्मले सुदूरपश्चिमको कथा प्रस्तुत गर्ने छ । जीवन सिंहको निर्देशनमा तयार हुने यो फिल्ममा अभिनेत्री गरिमा शर्मा पनि रहने भएको निर्माण पक्षले बताएका थिए ।

यो फिल्म रियल पात्रको कथामा निर्माण गरिने जनाइएको छ । ममता सिङ्ग, राजा भट्ट निर्माता रहेका छन् भने मनिष चन्द र गोविन्द राज सह–निर्माताको रुपमा रहेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *