नेपाली कमेडियन ‘प्रनेश गौतम’ ले यो वर्षको अस्ट्रेलियन आइडलमा अडिसन दिएका छन् । एउटा अंग्रेजी गीत गाउँदै उनले दिएको प्रस्तुतिलाई लिएर यतिबेला सामाजिक संजालमा चर्चा भइरहेको छ ।
फेब्रुअरी २ देखि अस्ट्रेलियन आइडलको तेस्रो संस्करणको प्रसारण च्यानल सेभेनमा सुरु भएको छ । मार्सिया हाइन्स, एमी शार्क र काइल स्यान्डिल्यान्ड नयाँ सिजनमा पनि निर्णायकको रुपमा रहेका छन् ।
उनको प्रस्तुति हास्य शैलीले प्रेरित देखिएको छ । प्रनेशको प्रस्तुतिमा एक जजले “यो मैले अहिलेसम्म सुनेको उत्कृष्ट संस्करण अवश्य होइन” भनेका छन्।