भारतले पहिलो पटक ‘विश्व अडियो भिजुअल मनोरञ्जन शिखर सम्मेलन’ को आयोजना गर्ने।

भारतले २०२५ को फेब्रुअरी ५ देखि ९ सम्म  पहिलो पटक ‘विश्व अडियो भिजुअल मनोरञ्जन शिखर सम्मेलन’ को आयोजना गर्ने भएको छ । भारतको  फिल्म, संगीत र ओटीटी क्षेत्रमा संसारकै विशाल बजार बनिरहेको हुदा  प्रधानमन्त्री नरेन्द्र मोदीलेयो  सम्मेलन गर्न लागेको भारतीय संचार माध्यमले जनाएका छन्।

यो शिखर सम्मेलनले विश्वभरका मिडिया र मनोरञ्जन क्षेत्र संगै विश्वभरका रचनात्मक मस्तिष्कलाई सहकार्य र ग्लोबल कन्टेन्टको निर्माण गर्ने मञ्च प्रदान गर्ने जनाइएको छ । प्रधानमन्त्री मोदीले आइतबार मासिक रेडियो सम्बोधन ‘मनकी बात’मा यसबारे बताएका हुन् । 

प्रधानमन्त्रि मोदीले यो शिखर सम्मेलनले भारतलाई रचनात्मक र कन्टेन्ट उत्पादनको उद्योगको विश्वव्यापी हबको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *