सेभेन सिजले निर्माण गरेका कुनै पनि फिल्म प्रदर्शन नहुने।

नेपाल चलचित्र संघले फिल्म निर्माण कम्पनी सेभेन सिज सिनेमाले अबदेखि निर्माण तथा वितरण गर्ने कुनै पनि चलचित्र प्रदर्शन नगर्ने संघले सोमबार बिज्ञप्ति जारि गरि घोषणा गरेको छ ।

संघका महासचिव सुरेन्द्र कुमार थापाले जारी गरेको विज्ञप्तीमा यस्तो लेखिएको –‘यस्तो कार्य नेपाल चलचित्र संघलाई कदापि सह्य हुँदैन । तसर्थ, जबसम्म सेभेन सिज सिनेमाले यस सम्बन्धमा नेपाल चलचित्र संघलाई आफ्नो धारणा स्पष्ट पार्दैन, तबसम्म सेभेन सिज सिनेमाले निर्माण गर्ने कुनै पनि फिल्म नेपाल चलचित्र संघका सदस्यहरूले प्रदर्शन नगर्ने जानकारी समेत गराउन चाहन्छौं । 

संघको यो निर्णय प्रदर्शन भइरहेको फिल्म  ‘पूर्णबहादुरको सारंगी’ को हकमा लागू नहुने बताइएको छ । सेभेन सिज सिनेमाले सोमबार पनि विज्ञप्ति जारी गर्दै मंसिर २२ गतेको सूचनालाई सच्याएको बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *