प्रकाश सपुतको निर्देशनमा बनेको फिल्म ‘वसन्त’ को पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतको भिडियोमा प्रकाश सपुत आफ्नै र शान्ति श्री परियारको स्वर छ। गीतको शब्द र सङ्गीत पनि प्रकाश आफ्नै रहेको छ।
चैत २२ गते देखि प्रदर्शन आउने यो फिल्ममा स्वोस्तिमा खड्का, प्रकाश सपुत, प्रभात पाल ठकुरी, भोला राज सापकोटा, खड्गबहादुर पुन, शिभान्सी श्री लगायत कलाकारहरुको अभिनय रेहको छ।
गलबन्दी प्रोडक्सनबाट बनेको यो फिल्मको कथा र सङ्गीत पनि प्रकाश सपुत आफ्नै रहेको छ। मोहन विश्वकर्मा र बिन्दु बोहोरा फिल्मका निर्माता हुन् भने कार्यकारी निर्मातामा बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन्।