modibeni Nepali Film

बिबादमा आएको फ्लिम “रंगेली” सेन्सर पास भएको छ

फ्लिमको नाममा आपत्ति जनाउदै बोर्डले शुक्रबार सेन्सर पासको सर्टिफिकेट दिन अस्विकार गरेको थियो। आइतबार चलचित्र जांच समितिले ‘रंगेली”लाइ ‘पिजी सर्टिफिकेट’ प्रदान गरेको छ। ‘पीजी सर्टिफिकेट’ प्राप्त गरेको यो फ्लिम हेर्न अब १६ बर्ष मुनिका बालबालिकालाइ अनिवार्य अभिभावक चाहिन्छ।

Rangeli Poster

दह्यांग राइ र अर्पण थापा संगै चलचित्रमा मिरुना मगर, प्रबिण खतिवडा,रमेश बुढाथोकी लगायात कलाकार हरुको भूमिका रहेको छ। २ घण्टा ५५ मिनेट लामो यो चलचित्रलाइ अर्जुन सुबेदीले निर्देशन गरेका हुन्।  

“रंगेली” मा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन रहेको छ। जितेन्द्र खतिवडा र अनुज जुङ्ग थापा कार्यकारी निर्माता रहेको चलचित्रको संसार चौलागाई र रमेश भट्टराईले निर्माण गरेका हुन्। युबक कार्की र शिव शंकर चौलागाई सहनिर्माता संगै चलचित्रमा बिबेक खड्का एसोसियट निर्माता हुन् ।    

सेयर गर्नुहोस्