‘१२ गाउँ’ को नयाँ पोस्टर सार्वजनिक ।

विराज भट्टको निर्माण तथा निर्देशनमा रहेको फिल्म ‘१२ गाउँ’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्रहरु विराज र समीरका अलावा न्यान्सी खड्का, सनिशा भट्टराई, सोनु चन्द्रपाल, सुलेमान शंकर , नरेन खड्का लगायत कलाकारहरुलाई देख्न सकिन्छ।

विराजको आफ्नै कथा र सन्तोष सरकारको पटकथा तथा संवाद रहेको यो फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन छ । 

विराज र समीरका अलावा फिल्ममा मुरलीधर, कनिज कोइराला, दीया मास्के, कृष्ण भट्ट, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ।

महेश पौडेल छायांकन रहेको फिल्मलाई दशैंको फूलपाति अर्थात् असोज २४ गतेबाट प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *