केदार श्रेष्ठको लेखन तथा निर्देशन रहेको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को मण्डला थिएटरले घोषणा गरेको छ। मण्डलको सात नाटकमध्येको यो नाटकमा अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधानलाई देख्न पाइनेछ ।
श्रीमान–श्रीमती र सन्तानसँगको जटिलताको कथा रहेको यो नाटकको तयारी हिजो बुधबार देखि मण्डलामा सुरु भएको छ। कार्म र मेनुकाले फिल्म ‘महानगर’ पछि यो नाटकमा सहकार्य गर्न लागेका हुन् ।
मण्डलाले केहि समय अगाडी सात ओटा नाटक मञ्चन गर्ने घोषणा गरेको थियो । जसमा केदार श्रेष्ठको यो नाटकसहित नाजिर हुसेन, अनुप बराल, पशुपति राई र किरण चाम्लिङले निर्देशन गर्ने नाटकहरु पनि छन् । यसघि प्रवीण खतिवडा निर्देशित नाटक ‘अन्धवेग’ र अनिल सुब्बा निर्देशित ‘बाखम्मा’ मञ्चन भइसकेका छन् ।