अभिनेता सुनिल थापाले चर्चित सिरिज ‘फेमिली म्यान ३’ को छायाँकन सकेर नेपाल फर्किए।

नेपाली बरिस्ट अभिनेता एभरेस्ट फिल्म एकेडेमीका अधक्ष्य सुनिल थापाले मनोज भाज्पाई अभिनित बलिवुड चर्चित सिरिज ‘फेमिली म्यान ३’ को शुटिंग पूरा गरेका छन्। भारतको नागाल्याण्डमा आफ्नो छायांकन सकेर केहि दिन अगाडी उनि नेपाल फर्किएका हुन्।

Sunil Thapa with Manoh Bajpayee

 यसघि पनि उनले एक दुजेके लिए र म्यारी कोम जस्ता सफल फिल्महरुमा काम गरिसकेका छन्। सुनिल थापाले आफ्नो सामाजिक संजालमा अभिनेता मनोज भाज्पाई र दलिप ताहिर संगको फोटो सेयर गर्दै आफुले यो सिरिजमा काम गर्दाको अनुभब सेयर गरेका छन्। 

Sunil Thapa with Dalip

‘फेमिली म्यान ३’ को कथा र चरित्र विकासले दर्शकहरूको चासो थप बढाउने अपेक्षा गरिएको छ। सुनिल थापासँगै यो सिरिजमा मनोज भाज्पाई, शरिब हाश्मी, प्रियामनी, दलिप ताहिर,अश्लेशा ठाकुर, दर्शन कुमार लगायत कलाकारहरुको अभिनय रहेको छ। 

Sunil Thapa with Tia

राज एण्ड डीकेको निर्देशन रहेको यो सिरिजको प्रिमियर मिति भने हालसम्म घोषणा भएको छैन, तर दर्शकहरूले  यसमा पहिलो र दोश्रो सिजन जस्तै  यो सिजन पनि रोमान्चक  हुने अपेक्षा गरेका छन्। यो सिरिजलाइ अनलाइन स्ट्रिमिंग याप प्राइम भिडियोमा हेर्न सकिन्छ। 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *