चलचित्र विकास बोर्डले फिल्म सम्बन्धी कार्यक्रमका लागि मेकरलाई २ घन्टा निःशुल्क हल उपलब्ध गराउने भएको छ । बोर्डका सदस्य रबि अधिकारीका अनुसार फिल्मको गीत, ट्रेलर, टिजर, पोस्टर लगायतका सार्वजनिक कार्यक्रम आयोजना गर्नका लागि यो सुबिधा उपलब्ध गरिएको बताएका छन् ।
फिल्म मेकरले आफ्नो कार्यक्रम २ घन्टामा सक्नुपर्ने भएको छ , २ घण्टा भन्दा लामो समय कटेमा निर्माताले शुल्क तिर्नु पर्ने छ। प्रिमियर शो, कुनै अवार्ड कार्यक्रमका लागि भने यो सुबिधा नरहेको सदस्य अधिकारीले जनाएका छन्।
बोर्डका अधक्ष दिनेश डिसीले कार्यकाल सम्हाले देखि धेरै सुधारका कामहरु अगाडी बढेको देख्न सकिन्छ। यसै बिचमा बोर्डको हलमा फिल्मको पत्रकार सम्मेलन लागि पनि हल उपलब्ध गराउने बोर्डका सदस्यले बताएका छन्।