‘बलिदान’ का लागि ४२ फिट अग्लो कालिको मुर्ति स्थापना गरिएको छ।

‘सन्तोष सेन’ को निर्देशनमा बनिरहेको फिल्म ‘बलिदान’ अहिले छायांकन भइरहेको छ। निर्माण टिमले फिल्मका लागि ४२ फिट अग्लो कालिको मुर्ति स्थापना गरेको छ। 

निर्माण पक्षका अनुसार फिल्मको छायांकन लगभग पुरा भएको छ । फिल्मको टिजर र प्रदर्शन मिति चाँडै सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ। ‘पवन व्राडफोर्ड बिष्ट’ को निर्माण रहेको यो फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायत कलाकारहरुको अभिनय छ ।

प्रेम पुरी सह–निर्माता रहेको यो फिल्मको बजेट ९ करोड रहेको निर्माण पक्षले बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *