सलमानको “ग्यालेक्सी अपार्टमेन्ट” मा फायरिंग गर्ने दुइ जना पक्राउ।

बलिउड अभिनेता सलमान खानको घर बाहिर गन फायरिंग गर्ने दुवै आरोपी गुजरातको भुजमा पक्राउ परेका छन्। घटनाको अनुसन्धान गरिरहेको क्राइम ब्रान्च्ले सोमबार राति उनीहरुलाई पक्राउ गरेका हुन। भारतीय मिडियाका अनुसार दुवै जनालाइ पश्चिमी कच्छबाट पक्राउ गरेको गुजरात प्रहरीले जानकारी दिएका छन्। दुवै आरोपी  लौरेंस बिस्नोई ग्यांग संग आबद्द भएको बताइएको छ।

 पक्राउ परेका २४ बर्षीय बिक्की गुप्ता र २१ बर्षीय सागर श्रीजोगेंद्र पाल ले आइतबार बिहान सलमानको घर बाहिर गोलि चलाएको बतएका छन्। सुटरले केहि दिन अघि सलमानको घरको रेकी गरेको र लौरेंसका भाइ अन्मोलले फेसबुक पोस्ट गर्न “भिपिएन” को प्रयोग गरेको प्रहरीले आसंका गरेका छन। 

सेयर गर्नुहोस्