पूर्वप्रधानमन्त्री माधबकुमार नेपालले चलचित्र “नमेटिने घाउ” मा अभिनय गरेका छन। नेपालले रमित ढुंगाना निर्देशित यो फिल्मको छायांकनमा मंगलबार बिहान कोटेशोर बहुमुखी क्याम्पसमा एक घण्टा बिताएका छन्। उनलाई निर्देशन गराउन निकै सजिलो भएको निर्देशकले बताएका छन्। अभिनय गर्दै नेपालले दोषीलाइ कारवाही गर्ने प्रतिबद्वोत्ता जनाएका छन्।
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीको सिन पनि उक्त अवसरमा खिचिएको थियो। केही दिनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि छायांकन हुनेछ।
सामाजिक कथानक फिल्मको पोखरा, नवलपरासी, वीरगञ्ज, रौतहट, बनेपा, पनौती, र भक्तपुरमा छायांकन भइसकेको छ । यसैसाता फिल्मको छायांकन सक्ने तयारी रहेको निर्माण पक्षले जानकारी दिएका छन्।