एभरेष्ट फिल्म एकेडेमीका विद्यार्थीहरूले बनाएको नेपाली फिल्म “आउट ल दफा-२११” को टिजर सार्वजनिक गरिएको छ। स्याडो पिक्चर र रेट्रो फिल्मको ब्यानरमा तयार भएको यो चलचित्र असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शन हुन लागेको छ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा नवीन गुरुङको छायांकन, चुल्ठे काजीको एक्सन कोरियोग्राफी र साहिल खानको सम्पादन रहेको छ। अमित अग्रहरीको लगानी रहेको यस फिल्मका कार्यकारी निर्माता विनोद कडायत हुन् भने सह-निर्माता विकास चौधरी रहेका छन्।
फिल्ममा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, हेम गुरुङ, सोनी लगुन, सिद्धार्थ सिंह, सुमन भण्डारी, आयन परियार लगायतका कलाकारहरूको अभिनय रहेको छ।
दीर्घ धामी प्रमुख सहायक निर्देशक रहेको यस फिल्ममा विकास सिटौलाको सहायक छायांकन रहेको छ।