थापागाउँ स्थीत कुञ्ज नाटक घरमा गुरूप्रसाद मैनालीको कथामा आधारित ‘कर्तव्य’ नामक नाटक मञ्चन भइरहेकाे छ। यो नाटक कक्षा १० को नेपाली पुस्तकमा समावेश छ। पहिलो नेपाली आधुनिक कथाकार गुरूप्रसाद मैनालीको कथामा आधारित कर्तव्य नामक नाटकले २००७ सालपछिको हाम्रो नेपाली समाजलाई समावेश गरिएको छ।
निर्देशक शंकर पोखरेलले दाजुभाइबीच हुने विवादले सामाज र पारिवारमा पर्ने असरलाई राम्रो संग देखाउने प्रयास गरेका छन्। नाटकमा मञ्च निर्माण देखि प्रकाश परिकल्पना पनि राम्रो देखिएको छ।
नाटक हेरिरहँदा आफूले स्कुलमा पढेको कथाको दृश्य याद आए पनि स्टेज व्यवस्थापन र दृश्य परिवर्तन गर्दा अलिकति तालमेल नमिलेको महसूस हुन्छ। कलाकारहरुले मञ्चमा राम्रो मिहिनेत गरेको देखिन्छ।
स्टेज व्यवस्थापन र दृश्य परिवर्तन गर्दा अलिकति ध्यान दिने हो भने नाटक अझै उत्कृष्ट हुन्थ्यो कि?
नाटकको मञ्चमा सुब्रत सिलवाल, दिपेन्द्र देभ (पौडेल) रेनुका, युनेश, प्रेबिल कंडेल (मन्जिल कुमार), आर्जु गिरी (चेतन), अनुप भण्डारी, रोमर्श राय ठकुरि, साईमन उप्रेती, निशान चौहान राई, मांसु, प्रशंसा ढुङ्गेल, कल्पना शाही (कृत्तिका), प्रमिस रानाभाट, दिनेश खनाल (देव यान), रेनी गुरूङ लगायत कलाकारहरुको अभिनय रहेको छ।
नाटकमा मञ्च/प्रकाश परिकल्पना शंकर पोखरेलले गरेका हुन् भने मञ्च निर्माण केशव शाही र रोशन चन्दले गरेका हुन । रेनुकाको गीत र साईमन उप्रेतीको संगीत रहेको यस नाटकमा युनेशको ध्वनि सञ्चालन र अनन्त राज सिग्देलले प्रकाश परिचालन गरेका छन्।
२०८१ साउनको ८ गते बाट सुरु भएको यो नाटक २३ गते सम्म मञ्चन हुनेछ । सोमबार बाहेक हरेक दिन साँझ ५:३० र शनिबार भने एउटा अतिरिक्त सो दिउँसो १:३० मञ्चन हुन्छ ।