नीता फिल्मस्को प्रस्तुतिमा बनेको फिल्म ‘ह्रस्व दीर्घ’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । प्राविधिक काम नसकिएकोले असोज ३ गतेबाट सरेको यो फिल्म अब कार्तिकको ३० गतेबाट प्रदर्शन हुने भएको छ।
चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्मको पोस्टर र एउटा गीत सार्वजनिक भइसकेका छन्। फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, अली, ब्रम्मानन्दम, प्रदीप राउत, विपना थापा, संचिता लुइँटेल, किरण केसी, गरिमा शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ।
तीन वटा भाषामा प्रदर्शन हुने यस फिल्ममा अधिकारीको कथा कविरलालको छयांकन, प्रतीक पौडेलको लेखन, मित्र डी गुरुङको सम्पादन, राजु तामाङको एक्सन, सुष्मा सुनाम र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।