भारतीय मिडियाका अनुसार,डन ३फिल्मका लागि कियाराले १३ करोड पारिश्रमिक बुझेकी छिन्। कियाराले हालसम्म बुझेको यो उच्च पारिश्रमिक हो|

फरहान अख्तरको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा छन् । नायक साहरुख खानले तेस्रो सिरिजमा काम गर्न अस्विकार गरेपछि निर्माणपक्षले रणवीरलाई अनुबन्धित गरेको हो । यसअघि ‘डन र डन २’मा नायिका प्रियंका चोपडाले अभिनय गरेकी थिइन् ।