मीन भामको निर्देशनमा बनेको फिल्म ‘शाम्बाला’ अस्कर अवार्डको अन्तराष्ट्रिय प्रतिस्पर्धाबाट उत्कृष्ट १५ फिल्मको सर्ट लिस्टमा पनि नपरी बाहिरिएको छ । फिल्म नेपालबाट अन्तराष्ट्रिय फिचर विधामा सिफारिश गरिएको थियो।
बुधबार अस्करको आयोजक संस्था एकेडमी अफ पिक्चर आर्टस् एन्ड साइन्सले सार्वजनिक गरेको सर्ट लिस्टमा फिल्मको नाम छैन ।
यो फिल्म गएको भदौ २८ गतेबाट नेपाली बक्स अफिसमा प्रदर्शन भएको थियो । फिल्मले विश्वका थुप्रै फिल्म महोत्सवमा अवार्ड जितिसकेको छ ।